भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आँधी र अन्योल / उमेश लुइटेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:55, 2 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=उमेश लुइटेल |अनुवादक= |संग्रह= }} {{KKCa...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

जून छ उमेश लुइटेल
छाया पोखिएन
प्रकाश पोतिएन
सायद प्रशोधित प्रकृति हो यो ।

आकाश
अनिष्टताको मृदङग बजाउँदै चम्काइरहन्छ बिजुली ।

हुरी
मुटुको ऐनामा ताण्डव देखाउँछ
घुट्को-घुट्को भय पिएर
आगो बिना नै हृदयको रङ्गमञ्च जलिरहन्छ ।

चट्याङ्
बुलन्द आवाज फैलाउँदै वर्तमानमा बज्रन्छ
परिणाममा आशाको सुललित व्यूह यसरी बिलाउँछ
जसरी खसेको आँसु आँखामा पुन : आउँदैन ।

पानीका भुल्कासरि मर्छन्
धैर्य र स्वतन्त्रता ।

सडकभरि विचारका सुन्दर पफिन पछारिन्छन्
हावा सहन नसरी प्रयोगमा व्यस्त
एउटा हार्वे किचिन्छ आफ्नै घरले ।

कष्ट र विपतका बुँद-बुँद आँसु
मिसिन्छन् दर्कनेमा
बिस्तारै स्वरहरु अस्पष्ट हुन्छन्
दृश्यहरु पलायन हुन्छन् मौसमको गर्भमा ।