भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

पुरस्कार उसको सम्मानमा / सविता गौतम दाहाल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:14, 5 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सविता गौतम दाहाल |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

                         
माओ, लेनिन ,क्लियोपेट्रा र इन्दीराहरु
सुसान्त, स्थीर हुदां
म्यूजियमभित्र कैद तिनका ममी र मूति
आपसमा यथार्थवोध साट्छन ।

कमजोड खेमामा भएकालाइ
सहर्ष आमन्त्रण गर्छन आफ्नो संसारमा
सुष्टिकाल देखिका मिथक थुप्रिएर
सजिएको धनाढ्य म्यूजियमभित्र
राम्रो स्याहारले आफू युगौंदेखि
जस्ताको तस्तै
रहेको वताउँछन ।
                         
सुनको पिजडामा समाप्त इतिहास
केवल सोपीस हुन
आफ्नै खालका तनाव
तिनका सुन्दर ऑखामा स्पष्ट देख्छ
एउटा संवेदनशील कलाकार
कविता कोर्छ कलामन
तस्वीर उर्ताछ फरक कोणवाट
एउटा कलाप्रेमी ।

स्वतन्त्रता दिन ढोका खुल्लै छोडने
न धन छ उसंग
न सामाथ्र्य,
न समय
वस् म्यूजियम शीर्षकमा
एउटा भव्य आर्ट ग्यालेरीभित्र
सजीव चित्रप्रर्दशनी राख्छ
र वटुल्छ संसारको वाहवाही ।

त्यस्तै ,एउटा बेजोड संग्रह छपाउछ
हुन्छ पुरस्कृत र पाउंछ
नामूद पुरस्कार, त्यहि म्यूजियममा
आफ्नो ममी ।

ममीको अध्यायमा
थपिन्छ एउटा आधुनिक ममी
भव्य समारोहबीच
लेखिन्छ एउटा इतिहास
धनाढ्य संग्रालयमा ।

फर्कन्छन सबै आमंत्रित, आयोजक
अनि बज्छ गडगडाहट तालीको उत्सव
उसको स्वागतमा
उसको सम्मानमा ।