भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हरघडी उमेर मात्र / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 23:01, 6 जुलाई 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

 
हरघडी उमेर मात्र अग्लिरहेछ
जिन्दगी त मैनजस्तो पग्लिरहेछ

हाँस्न खोज्दै सँधैभरि जल्नु मात्र छ
बाँच्या भन्दै दिनदिनै बल्नु मात्र छ
शिखाझैँ यताउता हल्लिरहेछ
जिन्दगी त मैनजस्तो पग्लिरहेछ

त्यसै छोडूँ भने पनि जमी अड्दछ
बाली रहूँ भन्दा पनि भत्की बग्दछ
मृत्यु बरू प्रत्येक पल सग्लिरहेछ
जिन्दगी त मैनजस्तो पग्लिरहेछ