Last modified on 7 जुलाई 2017, at 18:11

यात्रा त्यही बाटो त्यही / अम्बर गुरुङ

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 18:11, 7 जुलाई 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


यात्रा त्यही बाटो त्यही
त्यही बाटो कुन यात्री होला भोली
पाहाड मधेश भञ्ज्याङ त्यही
बास बस्ने परदेशी हुन्न उही
यात्रा त्यही .....

ठाउँ पनि त्यही हो त्यही हो नाम
त्यही छ डाँडामा अस्ताउने घाम
लामो छ खोल।को बगर त्यही
पूल तर्ने त्यही जोडी हुन्न फेरी
यात्रा त्यही, बाटो त्यही
त्यही बाटो कुन यात्री होला भोली

वैंशको लालिमा प्रिया उस्तै
आँखामा सूराको मस्ती त्यस्तै
गून्जन्छ प्रितको गीत फेरी पनि
प्रित लाउन हामी चैं हुन्नेो फेरी
यात्रा त्यही बाटो त्यही
त्यही बाटो कुन यात्री होला भोली

वैशाख र आकाश छ मेोसम त्यही
हिउँ पर्छ डाँडामा फेरी पनि
सावन ल्याउनेछ झरी त्यही
ओत ल।ग्ने त्यही य।त्री हुन्न फेरी
यात्रा त्यही, बाटो त्यही
त्यही ब।टो कुन यात्री होला भोली

पाहाड मधेश भञ्ज्याङ त्यही
बास बस्ने परदेशी हुन्न उही
यात्रा त्यही .....