भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सिमाना हराएको देश / दिलिप योन्जन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:24, 9 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=दिलिप योन्जन |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


टनकपुर हरायो सम्झौतामा
माहाकाली लुटियो सन्धिमा
टिष्टा काङ्गाडाको त के कुरा
मेरो देशको राष्ट्रियता
बिर गोर्खालीको देशमा माटो हराईरहेछ
सन्धि र सम्झौता नबुझ्ने पशुनेताहरुले
राष्ट्र र राष्ट्रियता माथी खेलबाड गरेकोछ
पूर्वमा गएर पश्चिमको बिकास, रोजगारी
पश्चिममा गएर पूर्वको बिकास सुनाएकोछ
जनतालाई झुकाउनसम्म- झुकाएकोछ।

बिरोध नभएको हैन बारुद गनाए पनि
मातृभुमीको माया नगरेको हैन नेपालीहरुले पनि
आस्वासन र बिस्वास नदिएको हैन
कहिले नयाँ दिल्ली।।।।।। कहिले काठमाडौं।।।।।।।।
मन्त्रि र सचिबको मिटिङले माटो र सिमाना हराए पनि।

देशको नक्सा फेर्दैछ, नँया डोबमा पुरानो किल्ला
मातृभुमी रोएकोछ, स्याम्भुको आखा रसाएकोछ
ढुङा गुडाएर, घुएत्रो हानेर जोगाएको देशको सिमाना
पैसा र बैसामा राष्ट्र नेताहरुले माटो र पानी बेचेकोछ
योधाहरुको रगतले कोरेको रेखा र देशको अस्तित्व
मान्छेको रुपमा यी ब्वासाहरुले बेचेकोछ, मेटेकोछ
५ तरे होतेलमा हुस्की र इस्कुवाचमा रमाएकाछन, नाँचेकाछन
राष्ट्रको सिमाना हराएको खुसीमा
देशको माटो बेचेको खुसीमा।