भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कसरी भनूँ म बाँचें ? / हरिभक्त कटुवाल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:49, 9 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=हरिभक्त कटुवाल |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


बन्धन र बाध्यतामा बाँच्नु पनि के बाँच्नु ?
आँसु लुकाई गहमा हाँस्नु पनि के हाँस्नु ?
यो घर जहाँ म बस्छु यो भित्ता चर्किँदैछ
सायद यो ढल्नलाई भैँचालो पर्खिँदैछ
छोरो आफैँ बनाउला उसलाई चाहिने घर
गर्दै होला ऊ अहिले भैंचालो ल्याउने तर्खर ।

ऊ आँधीसित खेल्छ म आँधीमा डराउँछु
सायद ऊ आउनुभन्दा म पहिले नै हराउँछु
यसै गरेर हरदम म भित्र एउटा मान्छे
जिउनै नजानी मर्छ कसरी भनूँ म बाँचे ?