भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भिज्यो सिरानी रातमा उनको याद /दावा पाख्रिन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 19:47, 10 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=दावा पाख्रिन |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


भिज्यो सिरानी रातमा उनको याद
भिज्यो सिरानी रातमा उनको यादमा – 2
आहै एक्लो रातमा
दुख्यो बिरानी छातीमा नौनी मुटुमा
आहै एक्लो रातमा
भिज्यो सिरानी रातमा उनको यादमा
आहै एक्लो रातमा ।
धनेसाको जोडी जस्तै संगै जिउने सपना – 2
टाडा टाडा उडी जाने मिठो मिठो कल्पना
एका पट्टी कोल्टे फेर्दा सपना चकानाचुर भयो
अर्को पट्टी पल्टि हेर्दा बिपना रोई रह्यो, आहै रोई रह्यो
आहै एक्लो रातमा
भिज्यो सिरानी रातमा, उनको यादमा
आहै एक्लो रातमा
ओह … – 2
उम् हम …

दियो बत्ति जलाएर, बाटो कुरी रहेँ – 2
कहिले उनि आउला भनि, दिन गनी रहेन
सुस्केरामा रात बित्यो , निँद आउँदै आएन
आँखा बिछ्याई पर्खी बसें, उनि आउँदै आएन
आहै एक्लो रातमा

भिज्यो सिरानी रातमा उनको याद
भिज्यो सिरानी रातमा उनको यादमा – 2
आहै एक्लो रातमा
भिज्यो सिरानी रातमा उनको यादमा
आहै एअक्लो रात मा – 4
उम् हम …

शब्द : दावा पाख्रिन
स्वर : मनिला सोताङ
संगीत : उदय सोतङ
एल्बम : आत्मकथा