भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
मर्न मलाइ डर लाग्छ / श्यामदास वैष्णव
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:09, 11 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=श्यामदास वैष्णव |अनुवादक= |संग्रह...' के साथ नया पृष्ठ बनाया)
जीर्ण-शीर्ण खंडहर झैं घर
रोग र व्याधी गन्ध र फोहर
भोका नांगा जनता जर्जर
देखेसम्मन् वास असुन्दर ।। मर्न मलाई डर लाग्छ ।।
रुढी-बूढी अन्ध विचार
द्वेषी भाव र मारामार
क्रन्दन पीडा असत्य चाल
नगएसम्मन् यस्तो हाल ।। मर्न मलाई डर लाग्छ ।।
शान्ति र सुखको बनेर बास
नयाँ जमाना, नयाँ प्रकाश
उन्नत सपना सुन्दर आश
नभए सम्मन् 'पूर्ण विकाश' ।। मर्न मलाई डर लाग्छ ।।
("पद्य-संग्रह" बाट)