भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

किन म अल्झिरहन्छु ? / हरिभक्त कटुवाल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:17, 12 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=हरिभक्त कटुवाल |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


अहिले म फूल जस्तै हलुङ्गो छु जताततै
त्यसैले त हाँस्न सकेको छु काँडाहरुमा पनि
हिजो सपनामा म तामाकोसीमाथि पुल हालिरहेको थिएँ
आज बिपनामा भौँतारिरहेको छु सडकहरुमा ।

अचेल मलाई एक्लै पारेर बतासले पनि जिस्कयाउँछ
त्यस्तै बेला कहिले त आफ्नै छायाँले पनि तर्साउँछ मलाई
मेरो बाटो छेक्न उठेका पहाडहरुलाई
किन म आँधीले जस्तै नाघ्न सक्दिनँ  ?
किन म भैँचालाले जस्तै भत्काउन सक्दिनँ ?
किन म अल्झिरह्न्छु माकुराका जालहरुमा ?