भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी जुन रहरले / दिनेश अधिकारी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:22, 13 जुलाई 2017 का अवतरण

यहाँ जाएँ: भ्रमण, खोज

तिमी जुन रहरले म मा फुल्न आयौ
सबै सुख हराए, सधैँ चोट पायौ
म डुब्दो किनारा, कहाँ हाँस्न सकौं
व्यर्थै तिमीले मेरो हात समायौ

बैंशालु ती तिम्रा रहरहरुमा, न मैले कहिले हरियाली कोरें
राताम्य ती तिम्रा अधरहरूमा, न मैले कहिले खुसियाली पोतें
र शायद रिसायौ तिमि भित्र भित्रै, न पिरती ती तिम्रा खुल्दुली पोतें

रुझे हुन ती तिम्रा पलक र आँखा, म सँग कहिले इशारा नबोल्दै
रुके हुन ती तिम्रा यौबन र भाखा, म संग कहिले बिश्वास नखोज्दै
र शायद सराप्यौ सधैँ बैँसलाई, जो सुन्यता सँगै बिलाए म जस्तै