भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

विहान ८ देखि ९ / सविता गौतम दाहाल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:59, 16 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सविता गौतम दाहाल |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


न कोही पाहुना
न फोनको घण्टी
न ढोकाको ढक ढक,
केही प्राथमिकतामा पर्दैनन यसवेला ।

मोजा, टाई, वेल्ट, काईयो,
अमलाको तेल
मसीको भाडो आदिसँग
खेल्छु यो समय
रिवनका फूलसँग फुल्छु
कपालसंग बाटिएपछि ।

टिफीनका वट्टा, पानीको वोतल
परिचय पत्रको माला
जुत्ता पालिस गर्ने व्रस
स्कुल भ्यानको हर्न,
सबैसँग वोल्छु, नाँच्छु
यो समय कसैलाइ दिन सक्दिन ।

दिनभरको आरम्भ हो
तयारी हो
फूलवारी सजाउने मालीको,
शिखर समय हो यो
वाहिरी र भित्री संसार जोडने समय
विशेष चुस्त हुनै पर्छ
फूलहरु वाहिरीन्छन प्रस्तुति दिन
कमजोर हुन चाहन्न ।