भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मातेको मान्छेको भाषण : माध्यरातपछिको सडकसित / बैरागी काइँला

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आधारातपछि
रक्सी दोकानबाट म के निस्किएको छु
प्रत्येक खोंगी र खोरभित्रबाट
पखेटा फट्फटाउँदै विद्रोहको
कुखुराका भाले बासेर मेरो स्वागत गर्दछन् ।
यहाँको बातावरणको निम्ति
यहाँको निर्जीवताको निम्ति
यहाँको व्यवस्थाको निम्ति
मेरो रक्सीको गन्धले भिजेको निश्वास पनि
आज, ठूलो आँधीसरह भइसकेको छ
सडकका दुवैतिर लाम लागेका यी आलिशान भवनहरू
आफ्नो जगसहित आफ्नो कमजोरी माटोमुनि गाडिदिनु
अब, अब, अब लड्नलाई तयार छ ।

आज मेरो प्रत्येक पाइलामा यौटा-यौटा भूकम्प छ ।
आज मेरो प्रत्येक अनुभवमा यौट-यौटा ज्वालामुखी
पड्कन तैयार छ ।

कसरी बसेछु यो उमेरसम्म
यौटा पाइलासम्म पनि नअटाउने
ढल्न लागेका यी साँगुरा घरहरूमा
मलाई दुःख लाग्छ
अझै सुत्छन् गनेउला झैं गुजुल्टिएर
आत्म-पराजित मानिसहरू
धरतीको अस्वस्थ्यकर घरहरूमा
अनि यति अबेरसम्म
आज मेरो विशालता पृथ्वीमाथि अटाउँदैन
यो सडकभरिको देशमाथि सास थुन्छ ।

अनि मैले सडकभरि खाँदाखाँद गरेर हिँड्दा
मानिस भन्दछन्- यो मातेको छ ।,
छेउ लागेर बाँयाप ट्टी हिड्नु पर्छ
हो हामीले छेउ लागेर हिड्नु पर्छ ।
धेरैले सडकमाथि अटाएर हिड्नु पर्छ ।

गगनचुम्बी भवन र धरहराका
सिरान-सिरानका कोठाभित्र
रात-रातभरि बल्दछन्.......नीलो-नीलो गुलुप
लाटकोसेराका आँखाहरू,
यहाँ रातभरि लाटकोसेराले आँखा देख्दछ,
यहाँ रातभरि लाटकोसेराले कसकसको बाटो ढुक्छ
टाउकोभरि अफिसको कागजपत्रका अक्षर,
छातीभरि अफिसको दिवाल घडीका काँटाहरू
फेरिनै आँटेका पूर्जा जस्ता जिन्दगी
काँधमाथि टाउको लतारेर यो सडकमाथि हिडदछन्,
यिनलाई घिसारेर हिडदछन्
अनुहार नभएका मानिस, अँध्यारोका खुट्टाले टेकेर
रात-रातभरि यो सडकमाथि !
फलतः आजकाल सडक घटेको छ ।

कसले चोर्दछ सडकका छेउकुनाहरू
किन घट्दछ यो सडक प्रत्येक रातको आगमनसित
यो सडकलाई उधारेर फेरि ठूलो पार ...
जब म भन्छु, छेउको मूर्ख पुलिस
मलाई पक्रन तयार छ किनकि म मातेको छु !
अनि रक्सीले छात्ती भरेपछि
मलाई पनि लाग्छ कि मभित्र यत्ति विशालता आइसक्यो,
कि यो सडकको संकीर्णतामा अब भइसकेको छु !
इन्जिनियरले सुनुन्नेता, प्राध्यापक र कविहरूले सुनुन्
इतिहासको प्रत्येक आन्दोलनले सुनोस्
यसर्थ, पोष्ट अफिसको पेटीबाटम वक्तव्य प्रसारित गर्दछु
ए सडक हो !
यौटा मानिस तिमीमाथि हिडदै छ,
म अटाइनँ ति म्रो फैलावटमायर्सथ, म हुकुम गर्दछु....
अझै तिमीहरू फाट्टीदेउ , च्यात्तिदेऊ, फैलिदेऊ....
ति म्रो फैलावटको सीमामाथि अतिक्रमण गर्ने
प्रतिक्षण इतिहास बनिरहेका क्षणसित
यी ठूलाठूला बिल्डिङका पेटीहरू
मात्र कोतपर्वका विजेताका
मात्र शासन गर्ने परिवारका
प्रशस्ति र वंशावली लेखिएका इतिहासका नाङ्गा पन्ना जस्ता
यी पेटीहरूलाई
मुटुदेखि मस्तिष्कसम्म चिरिने गरेर
तिमीले च्यात्तिदेऊ....फाट्टीदेउ....
कोलम्बसको पैतालाले
यस सडकमाथि टेक्न पाउनु पर्छ ।
यौटा विद्रोहले यहाँ शिर उचालेर हिँड्न पाउनु पर्छ ।

यसर्थ, म हुकुम गर्दछु
ए सडक हो !
अझै च्यात्तिदेऊ...अझै फाट्टीदेऊ....
जति खाडल बन्दछ त्यत्ति नै
रक्सीको तरलताले भिजाएर
म, मेरो सद्भावनाले रसाइदिन्छु
म मेरो विशालताले ढाकिदिन्छु
नत्र ता म यहाँ अटाउनै सकिनँ,
नत्र ता बिहान नौ बजे स्कूलको बखत
सानो बालकलाई
उसको आमा र मैले कसरी स्कूल पुर्यािउनु यहाँबाट
जहाँ अटाउदैन यौटा खुट्टाको पनि पैतालाको फैलावट !
सयौँ बूटले प्रतिक्षण किच्चिएर
मोटरका चक्काले प्रतिक्षण पिल्सिएर
लम्पसार र उत्तानो परिसकेका ए जिन्दगी हो !
निष्क्रियताको हुस्सुले थुनिएर
साइनबोर्डका खम्बाले सीमित
घुम्तिघुम्तिले टुक्राटुक्रा खण्डित
चक्रवर्तीको चोइटिएका पराक्रमको सहस्र चोइटा......
ए सडक हो !
अश्वमेध यज्ञका घोडा खेदेर विश्वविजयमा बढेका
सगरका ए शापित सहस्रदश पुत्र हो !
आकाशबाट बोतलको स्वर्गङ्गाको जल
भगीरथको आस्थाले र्छर्किरहेछु तिमीमाथि,
ति म्रो निधारमाथि, आँखामाथि, छात्तीमाथि !
यो जो बगाइरहेछु बोतलका बोतल....
रक्सी सडकमाथि,
थोपाथोपा पिएर
उठ, उठ बौरिएर ए मेरा पिताहरू हो !
ए सगरका शापित सहस्रदश पुत्र हो !
अनि यसपल्ट हिमालजत्रो मुठीले
क्षितिजका गहबाट कचेराको कुइरो पुछेर
मसित हेरिदेऊ.......प्रथमपल्ट
आँखाले भ्याउञ्जेलसम्म
हामी हाम्रो चारैतिर
विजयका निम्ति युद्धभूमि र
जिन्दगीका निम्ति उज्यालै उज्यालोमात्र देख्दछौ !