भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

खुसी छु म आज तिमीभन्दा धेरै / दिनेश अधिकारी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:28, 23 जुलाई 2017 का अवतरण

यहाँ जाएँ: भ्रमण, खोज

खुसी छु म आज तिमीभन्दा धेरै
तिमी हाँस्दा लाग्छ यो खुसी हो मेरै

हिजोसम्म लाग्थ्यो कतातिर जाऊँ
कोसँग म हाँसूँ कोसँग रमाऊँ
तिमीलाई भेट्दा हरायो बिरानी
तिमी हौ कि शायद मेरो पुग्ने ठाउँ

जति छन् सिमाना सबलाई मेटुँ
म आँखा उघार्दा तिमीलाई देखुँ
तिमी अर्चना हौ मेरो जिन्दगीको
म चाहन्छु प्रीति तिमीमै समेटुँ