भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आफ्नै लागि ज्युन गाह्रो / दिनेश अधिकारी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:45, 23 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=दिनेश अधिकारी |अनुवादक= |संग्रह= }} {...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


आफ्नै लागि ज्युन गाह्रो, तिम्रो भई के गरूँ म ?
कहिलेसम्म आफू भई आफैँलाई नहेरूँ म ?

तिम्रो कुरा सुन्न खोज्दा मैले बोल्न रोक्नुपर्छ
तिम्रो खुसी विचारेर आफ्नो घाउ छोप्नुपर्छ
किन गर्नु बिनसित्ती पिरतीको यस्तो खेती ?
आजभन्दा भोलि धेरै दुख्छ अरे आफ्नै छाती

एक्लो हुँदा आफूखुसी जता पनि हिँडे हुन्छ
उज्यालोले आँखा तरे अँध्यारोमै छिरे हुन्छ
जानीजानी किन गर्नु तिमीसँग हिँड्ने गल्ती ?
बाँधिन्छ रे हातपाउ ठाउँ दिँदा तिम्रो निम्ति