भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

खुसी छु म आज तिमीभन्दा धेरै / दिनेश अधिकारी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:14, 23 जुलाई 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


खुसी छु म आज तिमीभन्दा धेरै
तिमी हाँस्दा लाग्छ यो खुसी हो मेरै

हिजोसम्म लाग्थ्यो कतातिर जाऊँ ?
कोसँग हिँडूँ म ? कोसँग रमाऊँ ?
तिमीलाई भेट्दा हरायो बिरानी
तिमी हौ कि सायद मेरो पुग्ने ठाउँ

जति छन् सीमाना सबैलाई मेटूँ
म आँखा उघार्दा तिमीलाई देखूँ
तिमी अर्चना हौ मेरो जिन्दगीको
म चाहन्छु सृष्टि तिमीमा समेटूँ