भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मैले मन दुखाउन छोडेँ / दिनेश अधिकारी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:18, 23 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=दिनेश अधिकारी |अनुवादक= |संग्रह= }} {...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


मैले मन दुखाउन छोडेँ
अरूसँग रिसाउन छोडेँ
दुख्ने पनि आफ्नो मन त हो
मैले आफूलाई सताउन छोडेँ

संसार हो यो संसारमा सयौँथरी मान्छे हुन्छन्
कोही रुन्छन् पीरसँग कोही पीर खेल्दै हाँस्छन्
मैले आफ्नो ज्युनुलाई अरूसँग मिसाउन छोडेँ
मैले मन दुखाउन छोडेँ..
.
हिँड्दै जाँदा बाटो फाट्छ, सबको आफ्नै बाटो हुन्छ
कोही भुल्छ फेदीतिरै, कोही चुलीसम्म पुग्छ
साथ छोड्छु भन्नेलाई मैले अब फकाउन छोडेँ
मैले मन दुखाउन छोडेँ...