भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मलाई नजरको ईशारा नदेऊ / दिनेश अधिकारी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:19, 23 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=दिनेश अधिकारी |अनुवादक= |संग्रह= }} {...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


मलाई नजरको ईशारा नदेऊ
मलाई अधरको पुकारा नदेऊ
बरु आँसु देऊ, अँजुली म थापूँ
अँगालो फिँजाई कुनै लोभ नदेऊ

यो तृष्णाको नाता कति टिक्न सक्छ ?
यो शीतको बिहानी कति खेल्न सक्छ ?
तिमीमा जब यो मधुमास नहोला
तिम्रै हात म छोडूँ— के यो सह्य होला ?
यो प्रीतिको बन्धन कुनै खाल हैन
यो मन हो; बिकाऊ कुनै माल हैन

बटुलेर तिर्खा म कुन प्यास मेटूँ ?
अँधेरो जँघार यो कसोरी म हेलूँ ?
तिमी मस्किदिन्छ्यौ सबै मात पिएझैँ
सधैँ होस हराई म कुन बास भेटूँ ?
हो यात्रा यो जीवन, कुनै खेल हैन
यो मन हो; भदौरे कुनै भेल हैन