भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मेरो भन्नु ओताउन / दिनेश अधिकारी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:21, 23 जुलाई 2017 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार=दिनेश अधिकारी |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


मेरो भन्नु ओताउन छानु पनि छैन
पैँचो दिन अन्न छैन, मानु पनि छैन
कसोगरी काट्नु जुनी ? कहाँ राख्नु मन ?
किसान हुँ तर आफ्नो खेतबारी छैन
 
कतिचोटि प्यास पनि पसिनाले मेटेको छु
हलो–फाली छैन भने हातले नै जोतेको छु
कहिले लाएँ नयाँ लुगा ? आफैँलाई थाहा छैन
सलहको आसजस्तो जिन्दगानी भोगेको छु

खानुभन्दा ठूलो छैन मेरो लागि केही कुरा
जे छ आफ्नै पाखुरी छ, छैन कैँची, छैन छुरा
बत्ती छैन, बाल्नुपर्छ राति पनि आफ्नै आँखा
बिक्छ अरे हाम्रो नाउँ योजनामा पूरापूरा !