भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
तिमी यसै लजायौ / दिनेश अधिकारी
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:31, 23 जुलाई 2017 का अवतरण
तिमी यसै लजायौ, म उसै धकाएँ
न बोल्यौ तिमी नै, न मैले बोलाएँ
कति स्वप्न आए परेलीमा बस्न
न सोध्यौ तिमीले, न मैले सुनाएँ
बैँसालु पाखाभरि कोही चरेझैँ
नजरको नशालु कुलेसो तरेझैँ
हुरी चल्छ मनमा— तिमी भित्र छ्यौ कि ?
मेरो दिल हरायो— तिमीले लियौ कि ?
यो कस्तो हो माया मुटु बाँडिएझैँ
म हाँस्दा अधरमा तिमी बाटिएझैँ
झरी पर्छ तनमा तिमीले छोयौ कि ?
म बग्दो नदीको तिमी बाँध हौ कि ?