भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बिदाको दिन / हरिभक्त कटुवाल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:09, 27 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=हरिभक्त कटुवाल |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


आँखा टिकाएर पल्लो घरको झ्यालमाथि
बसिरहेको होला मानपीर यसबेला पनि
बिदाको दिन ऊ यसै गरेछ,
आक्कल-झुक्कल देख्दो हो एउटा अनुहार झ्यालमा
र मक्ख पर्दो हो त्यसैलाई प्रेम सम्झेर
तर थाहै भएन उसलाई त्यसरी नै त्यही झ्यालमा
अर्का दुई अनुहारले झु्क्याएर गएको कुरा !
हर्कबहादुर -
बिचरा उसका पनि आफ्नै पीर छन् बिर्सनु पर्ने
त्यसैले ऊ बिहानैदेखि पसेको होला भट्टी पसलमा र
ठूली मैयालाई सुनाउँदै होला बिर्सन खोजेका प्रेम-कथाहरु
उसलाई धोका दिने परी जस्तै प्रेयसीका कुराहरु
अथावा जिन्दगीमा अब कुने आइमाईलाई विश्वास
नगर्ने कुराहरु,
उसको पनि यहाँ मन बिसाउने ठाउँ अन्त कहाँ छ र !
पूर्ण, जनक, मोहन र शेखरहरु
जुटेका हुनन् रमीको खालमा बाजी थापेर-
'भरे राती हार्नेको पालो !'
तर भरे पालो पर्ने र नपर्ने सबैका
रित्तिसकेका हुनेछन् गोजीहरु र घर फर्किनेछन्
बिहानका लागि ह्याङ ओभर बोकेर अनुहारभरि ।
आफ्नो भने न कतै आँखा टिकाउने झ्याल छ
न कतै मन बिसाउने ठाउँ छ
छ भने एउटै छ छटपटी -
बिदाको दिन यहाँ किन आउँछ ?