भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नदीबीच / विमला तुम्खेवा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:58, 28 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=विमला तुम्खेवा |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


रातसँगै — अव्यक्त पीडा लिएर
उभिएका छन्
साँझमा एक हूल जिन्दगीहरु
शीतसँगै समाहितुनह नसकेका
आँखाहरु ... ... ...
हो, तिम्रै निम्ति रोइरहन्छ
ठीक यसै बेला
नदी वारि ... ... ...
नदी पारि ... ... ...
बीचमा उभिएर मेरा विपनाहरु ।

आस्थाको निम्ति तिमीसम्म
झुकेका यी हत्केलाभरि
अभिमतको फिरादपत्र लिएर उभिएको छ अजङ्ग ले यो रात
सधैँभरि अविश्वासको
अक्षेता छर्किएर
भगवान् पनि मान्छेसँग बिमुख छ
म,
सुनसान सुनसान सहरमा
मानव हृदयको अन्तस्करणसम्म पुग्न कोसिसमा छु ।