भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मृत्यु / श्रवण मुकारुङ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:20, 6 अगस्त 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=श्रवण मुकारुङ |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


आलो मृत्यु
खास अनुभूति हो समयको
जो, गुज्रिरहन्छ एकतमास...
जसरी सगरका पहेँला आँखाहरूमा
हरेक साँझ–
क्षण लेख्छ– अर्को इतिहास राता–नीला रगतहरूले

म मान्दिनँ– आतङ्क
मानिसको मृत्यु हो
घर जल्नु
बम पड्कनु
पुल भत्किनु
अहँ
म मान्दिनँ– आतङ्क

समय हिँडेको बाटो छोडेर
त्यस्सै...
चुपचाप...
उङ्नु/झुल्नु/स्वाँ–फँवा निदाउनु
यस्तै केही हो आतङ्क
जो बिचारिरहन्छ बकुल्लाझैँ
पानीचरा, माछा, भ्यागुता र खेत ।
 
हजारौँ मानिसहरू मरिसके
हजारौँ मानिसहरू मरिरहेछन्
सम्भवतः
हजारौँ मानिसहरू मर्नेछन्

कहिले मर्‍यो विचार... ?
कति मर्‍यो विचार... ?
कहिले मर्दै छ विचार... ?
अथवा
आतङ्क... ?