भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

थाह छैन, तिमी ज्यूँदै छौ या मरिसक्यौ / अन्ना आख्मातोभा / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:14, 20 अगस्त 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= आन्ना अख़्मातवा|अन्ना आख्मातोभ...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

थाह छैन मलाई, तिमी ज्यूँदै छौ कि मरिसक्यौ।
के तिमीलाई अझै खोज्न सकिन्छ यस धर्तीमा,
वा साँझमा घाम अस्ताएर मलीन हुँदै गर्दा
मनभरि सम्झिएर तिमीलाई
चुपचाप विदीर्ण हुन मात्र सकिन्छ?
 
प्रत्येक दिनको प्रार्थना,
रातका अनिदा छटपटाइ
मेरा कविता र तिनको कञ्चन उडान
मेरा आँखा, र तिनका नीला ज्वाला
सबै तिम्रा लागि हुन्‌।
 
तिमीभन्दा बढी प्यारो कोही पनि थिएन मेरा लागि।
तिमीलेभन्दा ज्यादा यातना कसैले दिएन मलाई,
यातना दिनकै लागि मलाई धोका दिनेले समेत त्यति यातना दिएन,
न त त्यसले नै दियो,
जसले मलाई प्रेमले सुम्सुम्यायो
र बिर्सिदियो।