अनि खस्यो चट्टानजस्तो शब्द
चुपचाप बाचिँरहेको मेरो छातीमाथि।
ठीकै छ, म तयारै थिएँ।
सम्हालिनेछु कसैगरी।
आज मैले धेरै काम गर्नुछ-
आफ्नो स्मृतिलाई मैले हठात् मार्नैपर्छ सँधैका लागि,
हृदयलाई ढुङ्गो बनाउनै पर्छ,
र फेरि बाँच्न सिक्नैपर्छ मैले -
मेरा झ्यालबाहिर बहिरहेको
बर्षाको उत्साही सिरसिरे बतास
उत्सव भएर ननाचुन्जेल।
धेरै पहिलेदेखि अनुमान गरेकी हुँ मैले
सुखमय समय र उजाड घरको।