भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ज्वलन / ओकिउयामा ग्वाइन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:31, 7 नवम्बर 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= ओकिउयामा ग्वाइन |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


आज फागुनमा-
दिन-शेष उडन्त बतासमा
पङ्ख झर्दै छ शिमूल-शिखरका
कानन-प्रान्तर
चतुर्दिशा-
छरिएर उड्दै छ अस्फुट भावना
नीडाभिमुखी विहङ्ग कलरवमा ।

भयो नि अहिले फर्कने समय-
प्रेम-वितानमा पुषप-सौरभले
जीवन दलेर सुगन्धित देहले
सुवासित मनले
मरण-दूतीका साथ ।

तैपनि किन
आज असमय
कज्जल मेघका विद्युद्‍भेलामा
विस्मृत मेरो गुप्त व्यथाका
असीमको दिशामा
झरेको थियो- झरेर
आकाश-पाथारमा हलो जोतेर !

त्यति बेला कुन्नि को आएर
मेरो पछाडिबाट
छोपिदियो
मेरा आँखा दुई
कोमल कर,

मैले उसका, दुबै हात समाती
तानेर ल्याएँ काखमा ढाली
खितिति हाँसेर बसिहाली ऊ-
कमल-कलि-मेरो अङ्कमाथि,
भनी, उसले अपार आह्लादले-
'किन छौ तिमी, अँध्यारो चन्द्र !
बसेर रहेका यसरी
उदास चित्र
आएकी छु म
तिम्रो अन्धकार
मेरो प्रोज्ज्वल छायामा
तानेर लिन ।'

'होइन-होइन, हे अभ्यागता !
तिमी ता भयौ, अहिले मेरी
मेरो छायाको 'शश'
म भएँ घूस र धरामा
पूर्ण शशाङ्क ।'

त्यसपछि,
दिनको पिठ्यूँमा दिनान्तर चढी
शब्दहरु शिरमाथि ग्रीष्म-वर्षा बोकी
गइगए निरन्तर
अव्याहत स्रोतले,-

ऊ हिंडी,- गई
बहुदिन भए
माटाका डाकले ।
तर, बुझ्न सकेको थिएन
मैले त्यति बेला
कमल-कलिका कोमल कथा
तरुणी प्राणका
सजल सलज्ज व्यथा ;

मात्र, आज
जीवन दिनान्तमा
उठ्छ जागेर अन्तरमाझ
उसको छाया-संश्लिष्ट
मेरो यो उज्ज्वल आभा ।