भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

शेष आवरण / ओकिउयामा ग्वाइन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:09, 8 नवम्बर 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= ओकिउयामा ग्वाइन |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


आज जीवनमा
शीतलको प्रकोप बढेछ;
पक्‍व धान्य कृषकदलले
काटेर लगेछ

मात्र पाथारमा,
शैत्य-ऊर्मी फैलेर रहेछ ।
रातको अँध्यारोमा
धानका नरा<ref>नरा- (असमिवा) धानका बाला काटेर लगेपछि रहेको फेदसम्मको बाँकी अंश, पराल ।</ref>
तन्देरी ठिटाले, शीतका गीतले
काटेर लगेर
हाडली घर<ref>हाडली घर- (असमिया) ठिटाहरुल् राति-राति उक्त नरा काटेर बनाएको घर, यो घर खेत मै बनाइन्छ । माघी-सङ्क्रान्तिको दिन एकाबिहान अग्‍निपूजाका लागि यो घर जलाउँछ । यो दिनलाई आसाममा "माघ बिहु" भन्दछन् र यो एउटा जातीय उत्सव हो ।</ref> बनाई राखेछ
मीनसङ्क्रान्तिको उषाको क्षण
अग्‍निपूजा गर्नको लागि
जलाई घर ।
मेरै जीवनमा शीतको प्रकोप
बढ्दै गएछ-
आऊ द्वादशी
आऊ न कामिनी दामिनी भामिनी, आऊ रमण-
योग्या रमणी,-

तिमीहरु सबैका, देह-अनल
जलाएर राख्‍न
मेरो परिधि घेरेर
आउँछ होला तब
निष्काम तारुण्य
जीवनमा मेरो
फर्केर फेरि
-त्यसैले-
दहेर तिनका,
देहका दैहिक, हुताशनमा
कामना मेरो, भस्मीभूत
भएपश्‍चात्
नुहाएर मलाई, अभिज्ञ गङ्गाको
पूत सलिलमा
आवृत गर्नू शेष आवरण
-श्‍वताम्बरले ।

शब्दार्थ
<references/>