भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

धर्तीको गीत / दिनेश अधिकारी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:20, 1 दिसम्बर 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

जसको गालाबाट
धेरैपल्ट
बतासले गुराँसको लाली चोरेर लगेको छ
जसको छातीमा
याम/बेयाम
बाढीले ता48डव-नृत्य नाच्ने गरेको छ
जसको स्यूँदो पुछिदिएर
समय/असमय
बर्सातले उसलाई विरूप प्रस्तुत गर्ने गरेको छ
धर्ती हुनुको नाम हो ऊ
सहन्छे/जाइलाग्दिन
लुटिन्छे/फिर्ता माग्दिन
हेपिन्छे/आत्मग्लानिले रुँदिन
प्रदर्शन मात्र कहाँ शक्ति हो र?
प्रदर्शन मात्र कहाँ सत्य हो र?
प्रदर्शन मात्र कहाँ प्राप्ति हो र?
प्रदर्शन मात्र कहाँ गन्तव्य हो र?
आफ्नै गर्भमा
ज्वालामुखी पालेर पनि
धर्ती-
कहीँ कसैका विरुद्ध हुङ्कार बोल्दिन
मन लागी
जोकोही हिँड्न सक्छ उसको छातीको बाटो भएर
धर्ती-
कहीँ कसैको पैताला पोल्दिन
 
धर्ती त-
सहिष्णुताको गाउँ
र सिर्जनाको नाम हो
तिमी मन मात्र उसमा केन्द्रित गर
ऊ -
कणकणमा जिन्दगीको भार उठाउन तयार छे
ऊ -
छिनछिनमा सुनगाभाका सन्तान हुर्काउन लालायित छे
सक्छौ तिमी आफ्नै आँखा फुटाउनेको शिरमा मायाको हात फेर्न?
धर्ती -
उसकै पोल्टोबाट माटो चोर्नेहरुलाई
आफ्नै काखको सिरानी
र मनको बिहानी दिन राजी छे
 
आफू आफैँभित्र नथाक्ने सीप हुनुपर्छ
आफू आफैँमा नहार्ने विश्वास हुनुपर्छ
पल-प्रतिपल
बमका विस्फोटहरु थापेर छातीमा
धर्ती -
त्यहीँ ढकमक्क सयपत्री फुलाउँछे
बगाएर आँखाबाट आँसुका नदीहरु
आमा जस्तो !
ऊ अङ्गुर-झुप्पाहरुको सौगात टक्र195152ाउँछे
खै ! ऊ कहिले भागी र आफू आफैँबाट?
पोल्टोमा हिउँ थापेर
सट्टामा -
ऊ डोकोमा सुन्तला चुल्याउँछे
डढ्दै सूर्यको रापमा आफू
बदलामा-
ऊ पीपलका पातहरुमार्फत शीतलता हम्कन्छे
यही त धर्तीको जित हो
आऊ !
नभाग आफ्नै आँगनबाट आफन्तहरु !
धर्तीमा उभिनुको नाता मात्रैले पनि
तिमीमा धर्तीको स्वभाव सङ्लुनपर्छ
तिमीमा धर्तीको निधार र195ि139नुपर्छ
नहार्न जिन्दगीको युद्धबाट
धर्ती, अब मान्छेमा उत्रनुपर्छ
मान्छे, अब धर्ती हुनुपर्छ