भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
रगतको महत्व / विमल गुरुङ
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:54, 28 मार्च 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया)
दिएका बलिदानहरु
इतिहासमा अमर रहन्छन्
बगाएका रगतका
फाल्सा फाल्साहरु
दानवहरुले पिएर पिउन सक्दौनन्
किनकि
शहिदहरुले रगत दानवलाई होइन
मातृभूमिका लागि दिएका हुन्छन्
दया र कृपाले होइन
प्राप्त हुन्छ स्वतन्त्रता
बलिदान दिनाले
रगतका नदीहरु बगाउनाले ।