भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ए ढाका टोपीमा हेर या गलबन्दीमा हेर / नोर्देन रुम्बा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:10, 14 अप्रैल 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

ए ढाका टोपीमा हेर या गलबन्दीमा हेर
मैले बोकेको छु मैले बाँधेको छु
निरमाया तिम्रै मायालाई
कम्मर पेटीमा हेर या कालकोटैमा हेर
मैले भिेरेको छु मैले खिलेको छु
निरमाया तिम्रै मायालाई…

नदेख्नेलाई सुनाखरी कस्तो छ नि' भन्नु
नसुन्नेलाई रानी चरी के हो के पो भन्नु
दिल बस्यो तिमीमा बैँस खस्यो तिमीमा
भन मेरी दिलबरी अब को हो भन्नु
ए कालो चश्मामा हेर बटम फूलैमा हेर
मैले चोरेको छु मैले कोरेको छु
निरमाया तिम्रै मायालाई…

झरी होस् या घाम, छेल्ने यही कालो छाता
खोलिदिन्छु उकालीमा सँगै मनको पाखा
आँखा लड्यो तिमीमा पाउ अड्यो तिमीमा
थाह छैन कल्ले जोड्यो तिम्रो नाता
ए रातो रुमालमा हेर या आँखा छोपीमा हेर
मैले खोपेको छु मैले छोपेको छु
निरमाया तिम्रै मायालाई…