भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

घुमाउरा बाटाहरू / गीता त्रिपाठी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:52, 15 अप्रैल 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

गाउँमा छँदा
उकाला-ओराला
तेर्सा-घुमाउरा बाटाहरू
बाटाका चुच्चे दर्शनढुङ्गाहरू
सबै-सबै मिलेर
हौस्याउँने गर्थे-सपनाको यात्रालाई
 
परिश्रम
पसिना

लक्ष्य
आकार बन्दैजान्थ्यो-जिन्दगीको भूगोलमा
 
एक जोडी परेवा
हरेक साँझको सिकुवामा
बास बस्न आउँथे
निर्धक्क निदाउँथे

सुन्दर सपना देख्थे
 
सल्लाह गर्थे- एउटा पक्की गुँड बनाउने
चल्लाहरू कोरल्ने
निस्तब्ध रातको मौन सपनाबाट
बिहानी शान्ति ब्यूँझाएर
सङ्केत गर्थे ती- दिनको यात्रालाई
 
एकदिन नयाँ भूगोल खोज्यो सपनाले
हिँड्न नसकिने बाटोबाट
तय भयो जिन्दगीको यात्रा
 
सहर
सभ्यता
सपना
सबै सबै मोलेर खिस्याइरहे- पाइलाका गतिलाई

खसिरहे सपनाहरू- आँखाका डिलबाट।