भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

सीमा / गीता त्रिपाठी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:14, 15 अप्रैल 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

मैले देख्दा ऊ रुख थियो
पूर्ण रुख
झ्याम्म, हरियो
सर्वाङ्ग फलदायी
 
उसको छायामा
बटुवाहरू थिए
गोठालाहरू थिए
खेतालाहरू थिए
भरियाहरू थिए
को थिएन र उसको वरिपरि त्यतिबेला ?
 
हेर्दाहेर्दै
उसका पातहरू पहेँलिए- झर्न थाले
हाँगाहरू चाउरिए- सुक्न थाले
जराहरू मक्किए- काँप्न थाले
उसको अस्तित्व- अस्थिपञ्जर
उसको सामीप्य- भयको डेरा
 
उसको ओत
न घामको
न पानीको
न भीडको
न एकान्तको
 
ऊ नाङ्गो यथार्थ
के अझै बुझेनौ तिमीले ?
उसको औचित्यको सीमा !