भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आभास / गीता त्रिपाठी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:36, 15 अप्रैल 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

अँध्यारा-उज्याला क्षणहरू
विगत जीवनमा
जो भेटिए- सँगालेको छु,
घुम्दै पथिकसरि यतै कतै
जीवन खुसीसाथ अँगालेको छु ।
 
हिँड्दै जाँदा दूर-यात्राबीच
दुई-चार बाटा भुलेको छु,
एकै पाइलाको परिधिभित्र
सयौँ यात्रा डुलेको छु ।
 
हाँस्दै कतै, रोई कतै
हिउँद-वर्षा कटाएको छु,
घृणा पाई कतै फ्याँकिए पनि,
मित्रतामा यो मन फुकाएको छु ।
 
बसेको लेउ यो दिलभित्र
धुँदै-सुकाउँदै गरेको छु,
कसैको आँखामा फूल फुल्दा,
कसैमा धूलो परेको छु ।