भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मादलको तालमा / गीता त्रिपाठी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 17:05, 15 अप्रैल 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

तिम्रा औंलाहरू पक्रेर
यी मादलहरू
खै कसरी बज्ने हुन् नयाँ धुनमा ?
 
ताल, तिमीले बिर्स्यौ कि मादलले ?
बासना, तिमीले हरायौ कि फूलले ?
टोपी तिमीले फुकाल्यौ ?
वा फुकाल्यो, तिम्रो सभ्यताले ?
 
ऊ त्यो तस्वीरको
सानो भाइलाई सोधिहेर-
 
उसको मौलिक उचाइ
के यति नै बाँकी छ अब ?
 
सोधिहेर, एकचोटि उसलाई  !
 
उसका गीतहरू
कुन सुर पक्रिरहेछन्,
हिजोआज ?
 
किन गर्जिरहेछन् ती
चैतको मेघ जसरी,
खबरबिनाको हुलाकी भएर ?