भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिम्रो नाममा / गीता त्रिपाठी

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 17:11, 15 अप्रैल 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

यसपालिको फागुनमा
लेखिपठाए सुदूरका ताराहरूले
तिम्रो नाममा,
तुषारोको मृत्यु-सन्देश ।
 
तिम्रो सहरमा यतिखेर
हुस्सु हाँसेको
मन परेन रे उनीहरूलाई
ए ! हिउँदप्रिय मनहरू,
छामेर हेर यतिबेला
कतै तिम्रो मन,
हिउँ नै त भएको छैन ?
 
न्यानो हुने बहानामा
भिरेर जडाउरी समयहरू
लम्पसार परिरह्यौ रे तिमी ।
 
किन यति बोझिलो बनेको ?
सोधिपठाएका छन् उनीहरूले,
तिम्रो नाममा एउटा प्रश्न ।
 
किन खुल्दैनन् तिम्रा ढोकाहरू ?
केले बाँधिएका छन् हातहरू ?
मनहरू यस्तरी बाफिँदा पनि,
के तिम्रो मस्तिष्कमा
अझै कुनै मेघ गर्जिएकै छैन ?