Last modified on 28 अप्रैल 2020, at 11:01

देश होस् त यस्तै महान् / दैवज्ञराज न्यौपाने

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:01, 28 अप्रैल 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=दैवज्ञराज न्यौपाने |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


तराईको जग हाम्रो ह्यूँचुलीको छानो
देश होस् त यस्तै महान् नभैदिओस् सानो ।

साझा हाम्रो चौतारी छ संसारमा नामी
नाउँ यसको नेपाल हो, नेपाली हौँ हामी
भिन्नाभिन्नै संस्कृतिका भिन्नाभिन्नै जाति
किन्तु यौटै द्यौरालीमा चढाउँछौ पाती ।

नदी-नाला पर्वत छन् जङ्गल र ताल
पुर्खौँदेखि गर्दै आयौँ यै देशको ख्याल
उब्जाउ छ धर्ती हाम्रो उर्वरा छ माटो
भाग्य दिने पाखुरी छन् पौरखको बाटो ।

आज पनि उस्तै हाम्रो उन्नत छ बानी
उस्तै हामी पौरखी छौँ उस्तै स्वाभिमानी
सागरलाई पानी दिन्छौ सगरलाई छानो
सम्झिदिए पनि हुन्छ ह्यूँचुलीको छानो ।