भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कविताका केही छाल / दैवज्ञराज न्यौपाने

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:52, 29 अप्रैल 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=दैवज्ञराज न्यौपाने |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

१. जून र घाम
तिमी जून बनेर आएपछि
म घाम बनेर आएको थिएँ,
तिमी घाम बनेर आएपछि
म जून बनेर आएको थिएँ,
जून र घाम दुबै किनाराका
दुई रङ्ग बनेपछि
तिम्रो र हाम्रो भेट
कहिल्यै हुने रहेनछ।

२. खोलो
खोलो हो, बीचमा छ, बग्छ,
कहिलौ तिम्रो किनारलाई चेप्छ,
कहिले हाम्रो किनारलाई चेप्छ,
जसलाई चेपे पनि
आखिर चेपिने त तिमी र हामी दुबै हुन्छौँ।

३. आगो
भूल भयो बन्दैमा आगो नहोऊ
कतै आगो निभाउनका लागि
पानी खोज्जु नपरोस्।

४. नियति
फूल झर्छ भन्दैमा कोपिला खोजेर पो के गर्ने?
आखिर कोपिलाको नियति पनि
फूल बनेर झर्ने नै हो भने?

५. माया
माया लाउँछु भन्दैमा
भाका राखेर पो के गर्ने?
कसैलाई बाचा गरेर पनि
भेट्ने फुर्सद छैन भने?

६. समय र जोबन
समय हो, गतिशील छ
आएपछि पर्खिरहँदैन, बग्छ, जान्छ,
फेरि फर्केर आउँदैन,
जोबन पनि अर्को समय हो
आउँछ, आएपछि पर्खिरहँदैन, जान्छ,
जो फेरि फर्केर आउँदैन।

७. आस्थाको देवता
जिन्दगी फूलैफूलको मन्दिर हो
भनेर पो के गर्ने?
यदि त्यसमा
आस्थाको देवता र विश्वासको अर्चना छैन भने।

८. अकर्मण्यता
अकर्मण्य, पौरखहीन र कायरताभन्दा
बरु जङ्गल प्यारो हुन्छ,
चुपचाप, निर्जन र एकान्तमा निदाइदिन।

९. मन दुखेपछि
बिहान घाम लाग्छन्
बेलुका जून लाग्छन्
मन दुखेपछि, हो, मन दुखेपछि
न घाम लाग्छन्, न जून लाग्छन्।

१० स्वर्ग
मनभन्दा ठूलो कुनै देवता छैन
विचारभन्दा ठूलो कुनै दर्शन छैन
तिमी कसकसका कुरा सुनेर ककेके गर्दैछौ कुन्नि?
आफ्नो देशभन्दा ठूलो कुनै स्वर्ग छैन।