भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जीवित सपना (शीर्षक कविता) / दैवज्ञराज न्यौपाने

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:24, 29 अप्रैल 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


१.
अन्धकारमा पिल्पिलाएको तारा
बादलले छेकिए तापनि
खरानीका थुप्राथुप्रा छोडी
मेरो धूँवा आकाशमा उडेको छैन,
म यही धरतीको आधारमा छु,
यो सानो परिधिभित्र
मेरो छोटो निवास छ,
म मरेको होइन
अझै नयाँ जीवनको आश छ।

२.
यो दोष र गुणको संसारमा
सुख र दुःखको विहार हुन्छ,
समय समयको स्थिति बदलिन्छ
त्यसैले आजको मौसम बदलियो
स्वस्थतामा अस्वस्थताको डेरा जम्यो
यो अस्थायी डेरा,
कोही भन्लान् मृत्युको घाट,
यसैमा यहाँ रोगको निवास हुन्छ,
तर होइन
यो सभ्यताको युग,
यो प्रगतिशील दुनियाँको युग,
यहाँ खोकीको बेमारले मानिस मर्दैन,
मानिसको ज्यानमा मानिसकै मोल छ
यो परमाणुको युग,
यहाँ जुम्रो हात्ती बन्दैन
शक्तिको जोडमा भुसुनाले हात्ती रुवाउँछ
यही तथ्यले नै
मलाई बारबार बोलाउँछ,
म मरेको होइन।

३.
घुम्तीहरूमा अल्मल्लिइरहेको बाटोझैँ
समस्यै समस्याले भरिएको जीवन
सँधै नै अल्झिरहेछ;
कसले जानेको छैन र?
यहाँ विनापरिश्रमले फूल फुल्दैन,
त्यसैले, परिश्रम गर्दा रोग लाग्छ त
मानिसलाई लाग्छ
ढुङ्गालाई लाग्दैन,
रोग लाग्दैमा मानिस मर्दैन
सबैले जानेको छ,
यो आपत्तिको द्वार हो
तर एकको होइन अनेकको हो
त्यसैले, यहाँ अपसोच गर्ने दरकारै छैन
म जीवित सपना देखिरहेछु,
म मरेको होइन ।