भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
पानीजस्तो मन / गीता त्रिपाठी
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:14, 3 मई 2020 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=थ...' के साथ नया पृष्ठ बनाया)
जमेपछि ढिका हुने
पग्ले फेरि फिका हुने
आफ्नो कुनै रङ्ग कहाँ
जता पनि ठिक्क हुने
पानीजस्तो चञ्चल मेरो मन
जति झर्छ उत्ति माथि छिटा पर्छ झन्
बालुवामा परे सुक्छ
आँखाबाट झरे दुख्छ
पुग्ने कहीँ ठेगान छैन
जहाँ जहिले पनि रुक्छ
फोकाजस्तो फुट्दैजाने मन
जति झर्छ उत्तिमाथि छिटा पर्छ झन्
कहिले बादलसरि छाउँछ
कहिले भेल बनी आउँछ
नदेखिने घाउ उसको
छाती फुटे रसाउँछ
पानीजस्तो बग्दैजाने मन
जति झर्छ उत्तिमाथि छिटा पर्छ झन्