कतै कुहिरो उठिरह्यो कतै झरी परिरह्यो
एकलासमा छाया पनि आफैँबाट सरिरह्यो
हरियाली छोपिएर सेतै फुले रूखहरू
ओभानोपन कतै छैन रुझाउने दुःखहरू
पाइला पनि अघि बढ्न आनाकानी गरिरह्यो
एकलासमा छाया पनि आफैँबाट सरिरह्यो
एउटा ऋतु जिन्दगीको आँसुले पो लेखिएछ
आफ्नै प्रतिबिम्वभित्र धेरै कुरा छेकिएछ
धुन खोजेँ आफ्नो दृष्टि पानी अन्तै झरिरह्यो
एकलासमा छाया पनि आफैँबाट सरिरह्यो