माया पनि गाउँमा छुट्यो छाया पनि गाउँमा
सहरमा बिकिरहेँ सधैँ साउँको साउँमा
मूल्य चर्को भो
आफ्नो जीवन आफैँलाई ज्यूँन झर्को भो
डाँडामाथि उभिएर आकाश छुने आश
सोरिएन हत्केलामा शून्य भयो बास
कसले दिने मलमपट्टी नयाँनयाँ घाउमा
सहरमा बिकिरहेँ सधैँ साउँको साउँमा
मूल्य चर्को भो
आफ्नो जीवन आफैँलाई ज्यूँन झर्को भो
खालीखाली ढुकुटीमा भरी अन्नदाना
सन्तोषले खाँदा पुग्थ्यो उतै मुठीमाना
कुन आशले तानी ल्यायो मलाई यस्तो ठाउँमा
सहरमा बिकिरहेँ सधैँ साउँको साउँमा
मूल्य चर्को भो
आफ्नो जीवन आफैँलाई ज्यूँन झर्को भो
•