Last modified on 3 मई 2020, at 12:19

यो कस्तो खुसी हो / गीता त्रिपाठी

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:19, 3 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=थ...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

यो कस्तो खुसी हो म भनूँ कसरी
तिमी नै तिमी छौ यी दुई नजरमा
यो कस्तो सुख हो म जानूँ कसरी
छ तिम्रै प्यार यो मेरो अधरमा
 
नछुटिने साथ पाएको छु आज
कि होला धोका खै लाग्दैन डर
जता जान्छौ प्यारा छाडेर एकलै
झन् एक तिम्रो अरू लाग्छ भर
यो कस्तो नशा हो म पिऊँ कसरी
मायालु तिमी छौ बैँशालु रहरमा
यो कस्तो सुख हो म जानूँ कसरी
छ तिम्रै प्यार यो मेरो अधरमा
 
न दाँजिन्छ माया यो हाम्रो कसैमा
यो हाम्रै खुसीमा रमेको छ साथी
पाएँ तिम्रो साथ म ज्यूँछु सुखले
के हो दुःख व्यथा, के हो दिनराती
यो कस्तो वसन्त म भोगिरहेछु
फुलेर फूलझैँ त्यो तिम्रो मुहारमा
यो कस्तो सुख हो म जानूँ कसरी
छ तिम्रै प्यार यो मेरो अधरमा
 
देखावटी होइन यो माया मुटुको
युगौँयुग अरू जीवितै रहन्छ
जता पुग्छौँ हामी तर चोखो प्रीति
बोकेर सन्देश यो हावा बहन्छ
यो कस्तो जीवन हो म बाँचिरहेछु
सधैँ शान्तिसँग निदाई त्यो नजरमा
यो कस्तो सुख हो म जानूँ कसरी
छ तिम्रै प्यार यो मेरो अधरमा