भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हार लगाई हारहरूको / नोर्देन रुम्बा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:43, 3 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= नोर्देन रुम्बा |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

हार लगाई हारहरूको हाँस्न चाहने मान्छे
संसारसित साइनो आङ्गनै गाँस्न चाहने मान्छे
एक छेउ जीवन छ अर्को छेउ बाँच्न चाहने मान्छे।
आश अधुरो बास अधुरो यहाँ धेरै मधुमास अधुरो
कोपिला नै झरिगएको कोही कतै विश्वास अधुरो
थाह नपाई हराए कतै कहाँ रात सितै सपनाहरू
खोजी हिँड्छन् यहाँ धेरैले बाँच्न पर्ने बहनाहरूको।

शेष भएको हेर जीवन यहाँ शुरु खोज्दा खोज्दै
ढुङ्गा बनेको मान्छे यहाँ गुराँस हेरे रोज्दा रोज्दै
आफैले नै पुछ्न पर्ने यो आँसु गहमै बल्झेको
कसले बुने आफू सिवाइ जीवन यो तहमा बल्झेको ।
आँगनमा मेरो कति घाम लागे होला
अँधेरो त टाढा कुना कहीँ भागे होला
छोराछोरी मनको टुक्रा अब जागे होला।
 
सोध्छु घरिघरि यहाँ त्यो आकाश खुल्यो कि
हाम्रो घर जाने बाटो लाली गुराँस फुल्यो कि
आमाका ती काख जस्तो आफन्तका आँखाले
लाग्छ कतै मेरो माया सधैँ सधैँ भुल्यो कि !
 
मेरो फोटो छातीभरि भिज्नु पर्‍यो होला
आनीभरि ढुङ्ग्री बेच्नु पर्‍यो होला
गाँठो पारी उसको मनलाई सङ्घारमा उभेर
हाँसी हाँसी कति आँसु पुछ्नु पर्‍यो होला।।