Last modified on 9 मई 2020, at 07:28

सागरभरि छाती चिरी / लक्ष्मीप्रसाद देवकोटा

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 07:28, 9 मई 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

सागरभरि छाती चिरी पहाडबाट आएँ
तीन तारे सारङ्गी लिई क्षण भर गीत गाएँ
लहरसँग मितेरी लाई मैले छन्द पाएँ
कानबाट हृदयमा आज गुँड लाएँ

अघिको म तुना गाउँछु आजको म बाला
पछिको म खबर दिन्छु आँखा बल्दो ज्वाला
सबतिर रहने जो मिठो लाई लाई
तारभित्र सुत्नेलाई ब्यूँझाई गाई गाई

आँगन आँगन डुलीडुली सानो रङ्गी चरी
मोति जस्तो चामल मुठी माग्न भरी भरी
शिशु बैँसै बृद्ध भन्छन मेरो सरल गाना
मुठ्ठी मुठ्ठी भरी प्यारा आँशु जस्तै दाना