भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मुठ-भेड / युद्धप्रसाद मिश्र

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:44, 9 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= युद्धप्रसाद मिश्र |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

बलात्कारीमाथि आमा दिदी बैनी सारा
सङ्गीनले लालाबाला हुन्छन् चिरा-फारा
चेतनाको उज्यालोमा जाग्यो र्सवहारा
ब्यूँझिँदै छन् अनगिन्ति धरतीका सारा

उम्लिसक्यो हृदयमा प्रतिक्रिया चर्को
बदलाको भावनामा जनताको लर्को
सङ्घर्षको मैदानमा नबलेका ज्योति
शहरिया साहित्यको फुस्किसक्यो धोती

एकातिर भोका नाङ्गा दरीद्रको आँधी
अर्कोतिर उठेको छ यथास्थितिवादी
वीरवीरङ्गनासित देशले रगत माग्यो
खुकुरीको धारमाथि बलिदान जाग्यो

उम्लेपछि उम्ल्यो उम्ल्यो जनताको रगत
बढेपछि बढ्यो बढ्यो पीडितको जगत
आत्मवान दाजुभाइ देखा पर्दै जाओ
सन्तोषको सास फेर्नेतिर बढ्दै जाओ

क्रान्तिकारी चरित्रका वीर स्वाभिमानी
देखाइद्यौ तिमी पनि नेपालीको पानी
बढ्दै जाऊ यथार्थको धरातलमाथि
मानवीय न्याय खोज्दै लड्दै जाउ साथी

पीडितको गुहारमा हामी अघि सर्छौ
बोल्दै जाउ सत्यताको उज्यालोमा मर्छौ
नदिनलाई शान ढल्न कतै नेपालीको
बन्नु पर्योस भाइबैनी हामी एकै ढिको