Last modified on 9 मई 2020, at 16:51

हुँ म यौटा र्सवहारा / युद्धप्रसाद मिश्र

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:51, 9 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= युद्धप्रसाद मिश्र |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

क्रुर यी अस्तिकहरूले रक्त चुसिएको छु सारा
पेट भोको पीठ नाङ्गो हूँ म यौटा सर्वहारा

झोपडीतक छनै पथको ज्यूँदोछु पक्री किनारा
रातभर चम्किरहन्छन् नेत्रमा नौ लाख तारा

खून पसिना बेच्दा काहीँ पाउँछु केही सहारा
वर्ग शत्रु जित्न लिन्छु विश्व जनमतको सहारा

देशमुक्ति गर्न दिन्छु खुनका अनमोल धारा
पेट भोको पीठ नाङ्गो हूँ म यौटा सर्वहारा