भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गाउँको सानो भाइ / भूपिन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:24, 10 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=भूपिन |अनुवादक= |संग्रह= }} {{KKCatKavita}} {{KKCa...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

गाउँको बात मार्दै हिंडीरहंदा
बाटोमै मसँग
कापी र कलम माग्यो सानो भाइले !

मैले कसरी बुझाउने होला उसलाई
म उसलाई उसकै गाउँको कवितामात्र दिनसक्छु

कापी, कलम र पुस्तक दिने दायित्व
राज्यको हो, बिचरा उसलाई थाह छैन
र राज्य
कि त झगडा गरिरहेको छ
कि त मस्त निदाइरहेको छ !

मैले कसरी बुझाउने होला उसलाई
म उसलाई उसकै गाउँको गीतमात्र दिनसक्छु !

सम्भवत: थमाउला एकदिन राज्यले
उसका हातमा कापी, कलम र पुस्तकहरु
जब उसका हातहरुमा
बुढ्यौलीक कम्पनहरुमात्र बाँकी रहनेछन्

मैले कसरी बुझाउने होला उसलाई
म उसलाई उसकै देशको कथामात्र दिनसक्छु !