भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
एउटा कुरा म भन्छु / किरण खरेल
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:16, 10 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=किरण खरेल |अनुवादक= |संग्रह= }} {{KKCatGeet}...' के साथ नया पृष्ठ बनाया)
एउटा कुरा म भन्छु तिमी लाज नमान है त
तिमीलाई नियाली हेर्छु आँखा नचिम्ल है त !
बालक छँदै परीका कथाहरू म सुन्थेँ
बादलसँगै उडेर एक रात मारी सुन्थेँ
मेरी अप्सराको मैले अनुहार बनाएजस्तो
यो रूप लाग्छ मैले उहिल्यै चिताएजस्तो
एउटा कुरा म भन्छु तिमी लाज नमान है त !
तिम्रो यो हाँसो लाग्छ युगयुगदेखि सुनेको
तिमीलाई लाग्छ पहिलो जन्मैदेखि चिनेको
कहिल्यै नमर्ने मीठो अमृत पिएकोजस्तो
आज छ मैले सिङ्गै संसार जितेको जस्तो
एउटा कुरा म भन्छु तिमी लाज नमान है त !