Last modified on 10 मई 2020, at 21:22

किन माया गर्दागर्दै / किरण खरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:22, 10 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=किरण खरेल |अनुवादक= |संग्रह= }} {{KKCatGeet}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

किन माया गर्दा गर्दै जीवन रिसाइरहन्छ
किन आजभोलि मुटुमा मृत्‍यु सुसाइरहन्छ

कोठाका झ्याल ढोका मलाई आँखा तर्छन्
जीवनका स्वप्न सारा मलाई गाली गर्छन्
मनका हरेक इच्छा रित्याऊँ जस्तो लाग्छ

दलिनहरू खसेर मलाई थिच्छु भन्छन्
भित्ताहरू सरेर मलाई बाटो छेक्छन्
आफ्ना मलामी आफैँ निम्त्याऊँ जस्तो लाग्छ