भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
मैले गाएको गीतमा / भूपी शेरचन
Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:22, 11 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= भूपी शेरचन |अनुवादक= |संग्रह= }} {{KKCatGe...' के साथ नया पृष्ठ बनाया)
मैले गाएको गीतमा तिम्रै हँसिलो मुहार छ
मैले लाएको प्रीतमा तिम्रै रसिलो प्यार छ
मेरो दिनको घाम हौ तिमी, मेरो रातको जून
मेरो अधरको हाँसो तिमी, मेरो गीतको धून
मैले पाएको जीतमा तिम्रै जोसिलो पुकार छ
मेरो यौवनको रूप हौ तिमी, मेरो रूपको शृङ्गार
मेरो यात्राको बास हौ तिमी, मेरो पथको आधार
मैले चाहेको निँदमा, तिम्रै सपनाको विचार छ