भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

नतीजा / दुर्गालाल श्रेष्ठ

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 01:36, 12 मई 2020 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= दुर्गालाल श्रेष्ठ |अनुवादक= |सं...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

मुसाले गर्यो भनेर धेरै
घरको बिगार,
बिरालो पाल्दा मजैले भयो
मुसाको सिकार !

गर्मीको बेला बसेझैं भयो
चौतारी ओढेर,
बिरालोलाई नमस्ते गरेँ
दस औंला जोडेर !

एकै र दिन अहह ! कस्तो
घटेछ घटना !
रन्थनिएँ म सपना हो कि
अथवा बिपना !

बिरालोले त भान्छाकोठामा
पसेर सुटक्क,
मेरै पो दूध हसुर्दै थियो
सुपुक्क सुपुक्क !

हेर्दा र हेर्दै रिसले म त
आगोझैं रन्किएँ,
तँलाई, तँलाई, पख् न तँलाई
भन्दै म बम्किएँ !

बिरालोमाथि के जाइलागें
झयालढोका थुनेर,
घाइते भएँ उल्टै म उस्को
झम्टामा परेर !

झसङ्ग भएँ, मैले त फल
रोपेकै पाएछु,
बिरालोलाई बिर्सर मैले
भोकै पो राखेछु !